काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यदि बेलैमा ठोस कदम नउठाइए कोरोनाभाइरस महामारीको अवस्था झनै बढ्न सक्ने चेतावनी दिएको छ।

डब्ल्यूएचओ प्रमुख डा टेड्रोस एडनोहम गेब्रियेससले विश्वका कतिपय देश कोरोनाविरुद्धको लडाइँमा गलत बाटो रोजिरहेकोले अवस्था झनै भयवाह हुन सक्ने चेतावनी दिएका हुन्। ‘कोरोना संक्रमणको मामिला झनै बढिरहेको छ’, उनले भने, ‘यसले यो स्पष्ट हुन्छ कि यसलाई नियन्त्रण गर्न जुन उपायहरुका विषयमा चर्चा हुने गरेको ती राम्ररी पालना भएका छैनन्।’

जोन हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म १ करोड ३० लाख ६० हजार बढी मानिस संक्रमित भएका छन्। तीमध्ये ७२ लाख २० हजार बढी निको भएका छन् भने झन्डै ५ लाख ७२ हजार मानिसको ज्यान गइसकेको छ। – एजेन्सी