काठमाण्डौ । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमईमार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै(रियल टाइममा) जम्मा हुने व्यवस्था मिलाइएको कम्पनीले एक विज्ञप्ति जारी गरी जनाएको छ । 

यो सुविधासँगै अब देश विदेशमा रहेका सेवाग्राहीले नेपालमा अवस्थित पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँंग लिन सकिनेछ । 

पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा परिचित आइएमईका सेवाग्राहीहरुलाई उच्चतम सेवा प्रदान गर्ने यो अर्को महत्त्वपूर्ण कदम हो । यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा आवस्थित व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुने बताइएको छ । विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ ।