काठमाण्डौ । अमेरिकामा प्रतिबन्धको खतरा बढेसँगै चीनको सर्ट भिडियो सेयरिङ एप टिकटकले यसबाट बच्न नयाँ रणनीति अपनाउने भएको छ।

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले आफ्नो अमेरिकी कारोबार बिक्री गर्नेबारे विचार गरिरहेको हो। यसका लागि सफ्टवेर कम्पनी माइक्रोसफ्टसँग छलफल चलिरहेको बताइएको छ। 

ब्लुमबर्गको रिपोर्टका अनुसार केही अन्य अमेरिकी कम्पनीहरुले पनि टिकटकको अमेरिकी कारोबार खरिद गर्ने इच्छा जाहेर गरेका छन्। अमेरिकामा टिकटकलाई राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको बताइएको छ। यसका लागि ट्रम्प प्रशासनले जाँच गरिरहेको जनाएको छ। 

सूत्रहरुका अनुसार बाइटडान्स कम्तीमा पनि एउटा अर्काे ठूलो कम्पनीसँग टिकटकमा लगानी गर्नेबारे लफल गरिरहेको छ। तथापि कम्पनीको नाम भने सार्वजनिक गरिएको छैन। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अमेरिकी कारोबार बन्द गर्ने आदेश दिइसकेका छन्। यसको घोषणा जुनसुकै बेला पनि हुन सक्छ। यसलाई मध्यनजर गर्दै बाइटडान्सले टिकटकको संरचनामा परिवर्तन गर्नेबारे विचार गरिरहेको छ। 

रिपोर्टका अनुसार अमेरिकामा टिकटकको भ्यालुयसन २० देखि ४० बिलियन डलरको बीच हुन सक्छ। यस्तोमा कयौँ कम्पनीहरुले यो मूल्य चुकाउन सक्छन्। तथापि ती कम्पनीहरुले राजनीतिक रुपमा समस्याको सामना गर्नुपर्ने हुन सक्छ। 

फेसबुक, गुगल, अमेजन र एप्पलका सीईओहरुले यसै साता बजार प्रतिस्पर्धासम्बन्धी अमेरिकी कांग्रेसको प्रश्नहरुका जवाफ दिन गइरहेका छन्। यी चार कम्पनीमध्ये कुनै एकले टिकटक खरिद गर्न सक्ने सम्भावना रहेको छ। तथापि यी कम्पनीहरुले पहिले गरेको सम्झौताहरु जाँचका क्रममा छन्। 

गुगलको भिडियो सेयरिङ प्लेटफर्म, युटुब फिटबिक इंकको अधिग्रहणलाई लिएर युरोपेली युनियनको जाँच गरिरहेको छ। एप्पल टिकटकजस्तो ठूलो कम्पनीको अधिग्रहणका लागि तयार छैन। फेसबुक पनि इन्ट्राग्रामको अधिग्रहणलाई लिएर एन्टी ट्रस्ट जाँचको सामना गरिरहेको छ। तथापि नै डाटा सेक्युरिटीलाई लिएर पहिले नै अदालतको कारबाहीको सामना गरिरहेको फेसबुक यो सम्झौतामार्फत फेरि अर्काे जोखिम मोल्न चाहँदैन। 

१.५५ ट्रिलियन डलरको बजारमूल्य भएको माइक्रोसफ्ट गुगल र फेसबुकभन्दा पनि ठूलो कम्पनी हो। यो बेला वासिङ्टनमा कम्पनीको राम्रो प्रतिष्ठा रहेको छ। एन्टी ट्रस्ट जाँचका लागि कम्पनीलाई बोलाइएको छैन। तथापि माइक्रोसफट्ले टिकटकलाई आफ्नो सञ्चालनमा समावेश गर्नेबारे अहिलेसम्म स्पष्ट भइसकेको छैन। 

माइक्रोसफ्टसँग अन्य लगानीकर्तासँग मिलेर टिकटकलाई अमेरिकामा छुट्टै कानुन र वित्तीय अस्तित्व भएको कम्पनीका रुपमा सञ्चालन गर्ने विकल्प पनि रहेको छ। लगानीकर्ताहरुले टिकटकलाई भविष्यमा बजारमा सूचीकरण गरेर धेरैभन्दा धेरै लाभ लिने सक्नेछन्। 

वाल्ट डिज्नी कम्पनी र वेरिजोन कम्युनिकेसन इंकजस्ता मिडिया कम्पनीहरुले पहिले पनि सोसल मिडिया एसेस्ट खरिद गर्ने इच्छा देखाइसकेका छन्। टिकटकका अमेरिकी सीईओ केविन मेयरले डिज्नीको प्रमुखको रुपमा काम गरिसकेका छन्। सोसल मिडिया कम्पनी ट्विटर र स्न्यापच्याट भ्यालुयसनको मामिलामा टिकटकभन्दा धेरै साना भएकाले यी कम्पनीहरु टिकटक खरिद गर्न इच्छुक देखिँदैनन्। यदि टिकटक खरिद गर्ने हो भने यी कम्पनीहरुले स्टक र अन्य वित्तीय सहयोग लिन पर्ने हुन सक्छ। 

टिकटकले अमेरिकी कारोबारलाई कसरी विभाजन गर्ने र वर्तमान चीनको स्वामित्वबाट कसरी आफूलाई अलग्याउँछ भन्नेबारे स्पष्ट जानकारी आएको छैन। कम्पनीले यो कदमबाट कर्मचारी, प्रविधि र उत्पादनमा कस्तो असर पर्छ भनेर अहिलेसम्म केही पनि जनाएको छैन। 

अमेरिकामा टिकटक प्रयोगकर्ता १६५ मिलियन रहेका छन्। – एजेन्सी