काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद बीमाशुल्क १३.७४ प्रतिशतले घटेको छ।
सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीले खुद बीमाशुल्कबापत ३८ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आर्जन ४४ करोड ९५ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद दाबीभुक्तानी भने २१.१० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ३१ करोड ३६ लाख रुपैयाँ दाबीभुक्तानी गरेको कम्पनीले यो अवधिमा २४ करोड ७४ लाख रुपैयाँ दाबीभुक्तानी गरेको छ।
समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ८.१० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २० करोड ८८ लाख रुपैयाँ रहेको व्यवस्थापन खर्च घटेर समीक्षा अवधिमा १९ करोड १९ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको बीमा कोषको आकार भने १५.१३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ४६ करोड ७४ लाख रुपैयाँमा सीमित बीमा कोषको आकार कम्पनीले बढाएर समीक्षा अवधिमा ५३ करोड ८२ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। जगेडा तथा कोषको आकार १८ करोड ९१ लाख रुपैयाँबाट बढाएर २५ करोड २० लाख रुपैयाँको उचाइ चुमाएको छ।
समीक्षा अवधिका कम्पनीले खुद नाफा ०.६५ प्रतिशतले बढाएको छ। समीक्षा अवधिमा कम्पनीले १४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष खुद नाफा १४ करोड ६ लाख रुपैयाँमा सीमित थियो।
कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ९ करोड ९३ लाख पुर्याएको छ। यस्तो आय अघिल्लो वर्ष ८ करोड ४४ लाखमा सीमित थियो।
कम्पनीका समीक्षा अवधिमा पुनर्बीमा कमिसनबापत आय १२ करोड ५० लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष १४ करोड २१ लाख रुपैयाँ रहेको थियो।
अघिल्लो आर्थिक वर्ष १ लाख २६ हजार २६८ वटा बीमालेख जारी गरेको यो कम्पनीले समीक्षा अवधिको वर्षमा १ लाख १६ हजार ९३० बीमालेख जारी गर्न सकेको देखिन्छ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १३.८७ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३५.५६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १८२.२० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७३.७६ रुपैयाँ रहेको छ।
26 minutes ago
59 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago
13 hours ago