काठमाण्डौ । कोरोना संकटबीच आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा अधिकांश सूचकमा सन्तोषजनक प्रगति गरेको छ। 

मंगलबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले खुद नाफा ३२.३८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही अवधिमा १ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको संस्थाले समीक्षा अवधिमा २ करोड १० लाख खुद नाफा आर्जन गरेको छ। 

संस्थाको सञ्चालन मुनाफा ३ करोड ३३ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म २ करोड १४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेर ६ करोड ३० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ४ करोड ८ लाख रुपैयाँ रहेको थियो। यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ।

समीक्षा अवधिमा संस्थाले २८ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी ७४ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष संस्थाले २२ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी ६७ करोड ६८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाको रिजर्भको आकार ९७.२० प्रतिशतले बढाएर ४ करोड ८ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष रिजर्भको आकार २ करोड ६ लाख रुपैयाँमा सीमित थियो। 

संस्थाको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २१.०३ रुपैयाँ रहेको छ। पीई रेसियो २२.११ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४०.८१ रुपैयाँ रहेको छ।