काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।
कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को वार्षिकसाधारणसभा यही भदौ २६ गते कम्पनीको रजिस्टर्ड कार्यालय पर्साको वीरगन्जमा बस्ने निर्णय गरेको हो।
त्यसो त कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। बीमा समितिको वित्तीय विवरणसम्बन्धी निर्देशनबमोजिम वित्तीय विवरण नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) बमोजिम वित्तीय विवरण तयार गर्दा जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकोले आर्थिक वर्ष २०७५/७६ का लागि बोनस सेयर र नगद लाभांश प्रस्ताव नगरिएको कम्पनीले स्पष्ट पारेको छ।
सभा प्रयोजनका लागि कम्पनीले यही भदौ १२ गतेदेखि भदौ २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
12 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago