काठमाण्डौ । नेपालका लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले  “स्याङयोङ्ग सुपर डिस्काउन्ट” ल्याएको छ, जहाँ ग्राहकहरूले यसअफर अन्तर्गत कोरियन लक्जरी एसयूभी, एक्सएलभीमा ३ लाख छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टिभोली अथवा एक्सएलभीसँग एक्सचेञ्ज गरेबापत २ लाख एक्सचेञ्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरु(डाक्टर, नर्स, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिने घोषणा गरेको छ । 

साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई दिएको अफर यस्ता छन्:

  • एक वर्ष निःशुल्क बिमा
  • रु. २५ हजार बराबरको निःशुल्क एसेसरिज
  • सात वर्षे सजिलो फाइनान्स
  • तीन वर्षको वारेन्टी
  • निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ बर्ष सम्म)

यस स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गते देखि असोज २० गते सम्म मात्र लागू हुने बताइएको छ । 

स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीका गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनका लागि चिनिने गर्दछन्, जसको मुल कारण कम्पनीका दक्ष इञ्जिनियरहरु हुन् ।