काठमाण्डौ । सरकारले पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको सिन्धुपाल्चोक र बाग्लुङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्दै पुननिर्माणको काम थाल्ने निर्णय गरेको छ । 

असोज ६ गते बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । 

यो वर्षको पहिरोबाट सिन्धुपाल्चोक र बाग्लुङ जिल्लामा दर्जनौंले ज्यान गुमाएका थिए भने सयौं परिवार घरवारविहीन बनेका छन् । 

यी दुई जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार विश्व बैंकमार्फत आएको ५० मिलियन डलरभन्दा बढी(करिब ६ अर्ब रुपैयाँ) लगानी गरी यी २ जिल्लामा पुननिर्माणको काम पनि थाल्ने निर्णय भएको छ । पुननिर्माणको कामको अगुवाई विपद व्यवस्थापन प्राधिकरणले गर्नेछ ।