-भक्तराज रसाइली

काठमाण्डौ । पूँजीबजारमा प्राविधिक पक्षलाई समेत मजबुत बनाउने उद्देश्यले देशका ५० वटै स्टक ब्रोकर कम्पनीहरु मिलेर नयाँ आइटी कम्पनीका रुपमा ‘क्यापटेक नेपाल’ खडा गरेका छन् ।

‘क्यापटेक नेपाल’ आइतबार मात्र कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको स्टक ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेडका अध्यक्ष तथा क्यापटेक नेपालका अध्यक्ष टंकप्रसाद गौतमले जानकारी दिए । 

कम्पनीमा अध्यक्ष गौतमसहित ५ जना सञ्चालक रहेका छन् । कम्पनीको अधिकृत पूँजी २५ करोड रहेको छ भने चुक्ता पूँजी हाल १० करोड रुपैयाँ रहेको छ । ५० वटा ब्रोकर कम्पनीहरुसँग ‘सिटी टेक सोलुसन’ साझेदार कम्पनीका रुपमा रहेको अध्यक्ष गौतमले बताए । सिटी टेक कम्पनीको क्यापटेकमा २० प्रतिशत साझेदारी रहेको उनले सुनाए ।

पूँजीबजारमा भएका प्रविधिगत समस्या समाधानार्थ र पूँजीबजारको विकासका लागि आइटी कम्पनी खडा गरिएको अध्यक्ष गौतमले दाबी गरे । प्राविधिक सहायता र प्रडक्ट डेभलपमेन्टसहित पूँजीबजारको समग्र विकासका लागि कार्य गर्ने लक्ष्य रहेको उनको भनाई छ ।