काठमाण्डौ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण ६ महिनादेखि बन्द रहेका काठमाण्डौमा रहेका तीनवटा पाँचतारे होटेल बिहीबार (अक्टोबर १) देखि खुल्ने भएका छन्।
काठमाण्डौको बौद्धस्थित हायात रिजेन्सी होटेल, दरबारमार्गस्थित याक एन्ड यती होटेल र लाजिम्पाटस्थित र्याडिसन होटेल बिहीबारबाट खुल्न लागेका हुन्। हाल यी होटेलहरुमा भौतिक पूर्वाधारको स्तरोन्नति, सरसफाइ तथा स्वास्थ्य मापदण्डअनुसार पाहुनाको स्वागत गर्न अन्य गतिविधिहरु भइरहेको सम्बन्धित होटेलका अधिकारीहरुले बताएका छन्।
पर्यटन मन्त्रालयले यही कात्तिक १ गतेदेखि विदेशी पर्यटकका लागि नेपाल भ्रमण खुला गर्न लागेको छ। सोहीअनुसार यहाँ पाँचतारे होटेलहरुले पनि विदेशी पाहुनाको स्वागतका लागि विभिन्न तयारीहरु गरिरहेको बुझिएको छ। होटेलहरुले आफ्ना कर्मचारीहरुलाई स्वास्थ्य मापदण्डअनुरुप सेवा प्रवाह गर्ने विषयमा तालिम पनि दिन सुरु गरिसकेका छन्।
काठमाण्डौको दरबारमार्गस्थित होटेल अन्नपूर्ण र बत्तीस पुतलीस्थित होटेल द्वारिकाज भने खुल्ने टुंगो लागिसकेको छैन।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago