काठमाण्डौ । अन्ततः विष्णु पौडेल अर्थमन्त्री भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बिस्तार गर्दै नेकपाका महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाएका हुन् । 

यस्तै, उनले रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी खोसेका छन् । त्यहाँबाट उनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा तानिएको छ । 

यसैगरी, लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यो मन्त्रालय सम्हालिरहेका पार्वत गुरुङले संचार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै, कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् । 

पुनर्गठित मन्त्रीपरिषद अब यस्तो बनेको छ: