काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । 

भेटमा अर्थमन्त्री पौडेलले नेपाल र युरोपियन युनियनबीच सुखद् र असल सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै नेपालको विकास विशेष गरी शिक्षा, कृषि, स्वास्थ्य, संघीयता कार्यान्वयन, कोभिड१९ न्यूनीकरण र रोकथाममा गर्दै आएको सहयोगको लागि धन्यवाद दिए । 

अर्थमन्त्री पौडेल र राजदूत डेप्रेचबीच द्विपक्षीय सम्बन्ध, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि, कोभिड १९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भयो। यसैगरी युरोपियन लगानी बैंकको सहयोग थप विस्तार गर्ने विषयमा पनि छलफल भयो । 

राजदूत डेप्रेचले कोभिड१९ नियन्त्रणका लागि संयुक्त प्रयास गर्नुका साथै सहायता अभिवृद्धि गर्दै जाने बताइन्।