काठमाण्डौ । माछापुच्छ्रे बैंक र M.A.W Earthmovers Pvt. Ltd का ग्राहकहरुले जेसीबी ब्रान्डका हेभी इक्युपमेन्ट खरिदमा माछापुच्छ्रे बैंक  लि. ले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा  M.A.W Earthmovers Pvt. Ltd  को तर्फबाट अध्यक्ष बिष्णु कुमार अग्रवाल तथा माछापुच्छ्रे   बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत र M.A.W Earthmovers Pvt. Ltd का देशभर रहेका डिलरबाट जेसीबी ब्रान्डका नयाँ हेभी इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ । 

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे  बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिहेको छ ।