काठमाण्डौ । माछापुच्छ्रे बैंक र महिन्द्रा ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता भएको छ । 

सम्झौतापश्चात महिन्द्रा ब्राण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंक लिमीटेडले सहुलियत दरमा कर्जा उपलब्ध गराउनेछ ।

उक्त सम्झौतापत्रमा अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए । 

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभरका आफ्ना शाखा कार्यालयहरुमार्फत र अग्नी इन्कर्पोरेटेडका देशभरका डिलरबाट सवारीसाधान  खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ । 

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक लिमीटेड पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैंकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पिओएसमार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।