काठमाण्डौ । माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्टबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले गोकर्णेश्वरस्थित गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १०% सम्म छुट पाउनेछन्। त्यसैगरी बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टको सम्पूर्ण सुविधामा १०% सम्म छुट पाउनेछन्। बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापारव्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आर्कषक छुट प्रदान गर्दै आएको छ। बैंकले देशभर आफ्ना १६० वटा शाखा, १४८ शाखारहित बैंकिङ सेवा तथा ५ शाखारहित बैंकिङसमेत गरी जम्मा ३१३ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ। साथै बैंकको देशभर १९८ वटा एटीएम पनि सञ्चालनमा छन्।