काठमाण्डौ । माछापुच्छ्रे बैंकले सिप्रदी ट्रेडिङ प्रालिबाट टाटा ब्रान्डका कर्मसियल र सेमिकर्मसियल गाडी खरिदमा ग्राहकहरुलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने भएको छ।

सहुलियत कर्जासम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट अध्यक्ष राजनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत सिप्रदी ट्रेडिङका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमिकर्मसियल गाडी खरिद गर्न चाहने ग्राहकलाई सहज र सरल रुपमा सहुलियत कर्जा प्रवाह गर्नेछ। 

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध बैंकले देशभर १६० वटा शाखा, १४८ शाखारहित बैंकिङ सेवा र ५ एक्सटेन्स काउन्टरसमेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएम तथा १ हजारभन्दा बढी पीओएसमार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ।