काठमाण्डौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हन्सराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ बजाज डोमिनार २५० अब नेपालमा रु. ४ लाख ८९ हजार ९०० मा लन्च भएको छ। 

क्यान्योन रेड र चार्कोल ब्ल्याक रङमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्टस मोटरसाइकल बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको छ। यसको रोबस्ट क्लेमलाई सपोर्ट गर्नका लागि बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआई इन्जिनको पावर छ। जसले २७पीएस र २३.५ एनएमको पिक टक्र्यू जेनेरेट गर्छ। 

यसका साथै यसमा एकल–सिलेन्डर, लिक्यूड–कुल्ड, ट्यूनस्पार्क, ४–स्ट्रोक, ४–भ्याल्भ र डीओएचसी छ। डोमिनार २५० मा १३२ किमि प्रतिघन्टासम्मको स्पिड छ भने यो १०.५ सेकेन्डमा ०–१०० किमि प्रतिघन्टाको स्पिडसम्म कुद्न सक्छ।

यसको मोजेक आकारको डिजाइनका साथ रहेको फूल एलईडी हेडल्याम्प र एएचओ (अटोम्याटिक हेडल्याम्प अन) प्रविधिले गर्दा यो बाइक सडकमा गुड्दा सबैको आँखा यसैमा हुन्छ। स्पेसक्राफ्टबाट प्रेरित ट्यांक प्याड डिकेल्स र ट्विन–ब्यार्रेल एकजस्ट साँच्चै नै प्रभावकारी छ। 

चालकको आरामका लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ। यसको सेकेन्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको छ।

यसमा चालकको सुरक्षाका लागि लामो दूरीको यात्राको दौरान गेयरलाई सुरक्षित राख्ने काम सिटको मुनि बन्जी स्ट्राप्सले गर्दछ। यस बाइकमा सस्पेन्सन ड्युटीका लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कका साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम व्हील स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनो–शक छ। 

यसमा १७ इन्चको ट्युबलेस टायर्स छ। यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ। नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबीएसमा पनि उपलब्ध छ।