काठमाण्डौ । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए। 

सोही बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।