काठमाण्डौ । माछापुच्छ्रे बैंक लि. र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्र्तगत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी)को तर्फबाट स्टेभनविक सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, प्राईभेट सेक्टर संचालन विभाग तथा माछापुच्छ्रे बैंक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।
एडीबीको एएए क्रेडिट मान्यता प्राप्त ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसँग सहकार्य गरिसकेको छ । उक्त सम्झौता पश्चात माछापुच्छ्रे बैंकका कृषि क्षेत्र, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायी ग्राहकहरुलाई अन्तर्राष्ट्रिय बजारमा ट्रेड तथा ग्यारेन्टीससँग सम्बन्धित कार्यमा सहज हुनेछ ।
आफ्ना ग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंक लि.ले एडीवीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक बिकासमा ठुलो टेवा पुग्ने विश्वास लिएको छ ।
पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना १६० वटा शाखाहरु, १५१शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३१६ स्थानमा रहेका सेवा सञ्जालतथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।
4 hours ago
4 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago