काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बेरोजगारलाई निःशुल्क रुपमा सीपमूलक तालिम दिने भएको छ।
मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले सीपमूलक तालिम दिने तयारी गरेको छ। परियोजनाद्वारा आज बुधबार निष्कासित सूचनाअनुसार काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लामा भौचरमा आधारित तीनमहिने (३९० घन्टे) सीपमूलक तालिम सञ्चालन गरिने परियोजनाले जनाएको छ।
तालिम लिनका लागि इच्छुक, गरिब तथा बेरोजगार युवाहरुले अनलाइनमार्फत आवेदन फाराम भर्न परियोजनाले आह्वान गरेको छ। तालिममा १६ वर्ष पूरा भई ४० वर्ष ननाघेकाहरु सहभागी हुन पाउनेछन्। तालिम अवधिभर सहभागीलाई खाजाको व्यवस्थासमेत गरिएको सूचनामा उल्लेख छ।
इच्छुकले यही फागुन ६ गतेसम्म अनलाइनमार्फत फाराम भरिसक्नुपर्नेछ।
फाराम भर्न यहाँ क्लिक गर्नुहोस्।
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago