काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको मुख्यालयमा शुक्रबार बिहान आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँड भएको हो । 

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। 

यो कम्पनीले सर्वसाधारणका लागि भने १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निश्कासन गरेको थियो । 

आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३९ हजार ८९५ जनाको आवेदन बदर भएको थियो। 

यस आधारमा १ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानीले ११ कित्ताको दरले सेयर पाएका छन्  ।

यसरी कुल १२ लाख ११ हजार ११५ सदर आवेदकमध्येका बाँकी १० लाख ७१ हजार ५१३ आवेदकको हात भने खालि भएको छ ।