काठमाण्डौ । केन्द्रीय तथ्यांक विभागले आज आइतबार राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ। 

विभागले गणनामा खटाउनका लागि करारमा गणक र सुपरिवेक्षक भर्ना गर्ने तयारी गरेको हो। गणक तथा सुपरिवेक्षक पदमा काम गर्न इच्छुकका लागि अनलाइनमार्फत दरखास्त खुला गरिएको छ। 

विभागले करारमा गणक तथा सुपरिवेक्षक भर्ना गरेपछि आवश्यक तालिम दिइने जनाएको छ। यसका लागि करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना गरिने स्पष्ट पारेको छ। 

गणक र सुपरिवेक्षक पदका लागि इच्छुकले २०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको छ। 

करारका जनशक्ति अपुग भएमा स्थानीय सामुदायिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई परिचालन गरिने विभागले जनाएको छ।