काठमाण्डौ । जापानिज अटो निर्माता कम्पनी टोयोटा विश्वको सबैभन्दा ठूलो अटो निर्माता बनेको छ।
जर्मन अटो निर्माता भोल्सवागेनलाई पछि पार्दै टोयोटा पुनः विश्वकै सबैभन्दा धेरै बिक्री हुने अटो निर्माताका रुपमा उभिएको हो। हालै प्रकाशित गरिएको आकँडाका अनुसार टोयोटाले सन् २०२० मा विश्वभर ९५ लाख युनिट कार बिक्री गरेको छ। यसमा कम्पनीको स्वामित्वमा रहेका डाइहात्सु र हिनो लाइनअपस ब्रान्डको बिक्री पनि समावेश छन्। यो अवधिमा भोल्सवागेनले ९३ लाख युनिट कार बिक्री गरेको थियो। जसअन्तर्गत अडी, स्कोडा र पोर्से ब्रान्ड पर्दछन्।
विश्वकै सबैभन्दा ठूलो अटो निर्माताको ताजका लागि यी दुई ठूला अटो निर्माता कम्पनीबीच वर्षौंदेखि तीव्र प्रतिस्पर्धा चल्दै आइरहेको छ। बिक्रीका आधारमा जनरल माटर्सलाई पछि पार्दै सन् २०१३ मा टोयोटा विश्वकै सबैभन्दा ठूलो कार निर्माता बनेको थियो। यसको दुई वर्षपश्चात भोल्सवागेनले टोयोटाको भन्दा राम्रो प्रदर्शन गरे पनि विश्वको शीर्ष अटो निर्माताको सूची भने अपरिवर्तित नै रहेको थियो।
सन् २०१७ मा भोल्सवागेन आधिकारिक रुपमा टोयोटालाई पछि पार्दै सूचीको शीर्ष स्थानमा उक्लिएको थियो। अहिले पुनः टोयोटाले भोल्सवागेनलाई उछिन्दै पहिलो स्थान कब्जा गरे पनि कम्पनी सजिलो अवस्थामा भने छैन। कोरोना महामारीले विगत एक वर्षभन्दा बढीदेखि विश्वभरको अटो उद्योगको बिक्री तथा आपूर्ति शृंखलालाई बिगारिदिएको छ।
अघिल्लो वर्षको तुलनामा सन् २०२० मा टोयोटाको डेलिभरी ११.३ प्रतिशतले घटेको छ भने भोल्सवागेकको १५.२ प्रतिशतले घटेको छ। अहिले कार निर्माताहरु सेमिकन्डक्टर चिपको अभावको सामना गरिरहेका छन्। जसले कम्पनीहरुको उत्पादनमा बाधा सिर्जना गरिरहेको छ।
यूबीएस एनालिस्टका अनुसार निर्माण सामग्रीको अभावका कारण भोल्सवागेनले यो वर्षको पहिलो तीन महिनामा आफ्नो १ लाख युनिट उत्पादन घटाउन सक्छ। यसका बाबजुत पनि कार निर्माताहरुले नाफा कमाइरहेका छन्।
गत साता भोल्सवागेनले सन् २०२० मा आफ्नो मुनाफा १२ बिलियन डलरभन्दा धेरै पुगेको जनाएको थियो। टोयोटाले भने सन् २०२० को आफ्नो पूर्ण वित्तीय नतिजा सार्वजनिक गरेको छैन। – एजेन्सी
11 minutes ago
53 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
3 hours ago
3 hours ago
4 hours ago