काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ।

बैंकले गत माघ १६ गतेदेखि ४ अर्ब रुपैयाँबराबरको ‘नेपाल इन्भेस्टमेन्ट बैंक बन्ड–२०८४ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा आज माघ २० गतेसम्म आवेदन दिन सकिने भनिएको थियो। तर मागअनुसार आवेदन आवेदन नपरेपछि माघ ३० गतेसम्मका आवेदन दिने समय थप गरिएको धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० इकाइ ऋण निष्कासन गरेको छ। जसमा २४ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ र बााकी १६ लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताहरुले न्यूनतम २५ इकाइदेखि अधिकतममा २ लाख ५० हजार इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्रमा सि–आस्बाका माध्यमबाट आवेदन दिन सकिन्छ। 

सातवर्षे अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुने बताइएको छ।