काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज धितोपत्र कारोबार समय थप गरेको छ।

ब्रोकर ट्रेडिङ सिस्टममा आएको प्राविधिक समस्याका कारण धितोपत्र कारोबार मध्याह्नतिर ३५ मिनेट अवरुद्ध बन्न पुगेको थियो। सोही कारण आज कारोबार समय ३५ मिनेटका लागि थपिएको नेप्सेले जनाएको छ।

ब्रोकर ट्रेडिङ सिस्टममा आएको समस्या नेप्सेले दिउँसो २ बजेतिर समाधान गरी सुचारु गरेको थियो। आज धितोपत्र कारोबार दिउँसो ३ बजेर ३५ मिनेटसम्म हुने नेप्सेले जनाएको छ।