काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समितिका सदस्य विजयसिंह बैद्यकोे सभापतित्वमा गठित व्यापार समिति विस्तार भएको छ। 

समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्वकार्यकारिणी समिति सदस्यहरू ओमप्रकाश बंशल, शिवप्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ रहेका छन्। समितिका सदस्यहरूमा खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ, धुलिखेल उद्योग वाणिज्य संघका सचिव कोमलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ, काठमाण्डौका कार्यसमिति सदस्य गोविन्द बराल र नेपाल तयारी पोसाक उद्योग संघका सहसचिव पशुपति देव पाण्डे चयन भएका छन्। 

त्यसैगरी समितिको आमन्त्रित सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य देवकुमार श्रेष्ठ, ललितपुर उवासंघका कार्यसमिति सदस्य रुपेन्द्रराज शाक्य, पोखरा उवासंघका उपाध्यक्ष अर्जुन पोखरेल, नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौडेल, देउखुरी उवासंघका अध्यक्ष रत्न श्रेष्ठ, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल, उर्लाबारी उवासंघका अध्यक्ष प्रीतम खड्गी, स्याङ्जा उवासंघका मानार्थ सदस्य भीमकुमार श्रेष्ठ, नेपाल फ्रेटफरवाडर्स एसोसिएनका सचिव राजेन्द्र संग्रौला र काभ्रे उवासंघका उपाध्यक्ष राजेन्द्र पसाछें छन्। समितिका सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू आनन्द अग्रवाल बगाडिया, भरतराज आचार्य, शाहिल अग्रवाल, सन्दीपकुमार अग्रवाल र नेपाल भारत व्यापार तथा पारवहन  परियोजनाका हिमाल थापा छन्। 

महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार समिति महासंघको महत्वपूर्ण समिति भएकाले मुलुकभित्र व्यापार–व्यवसाय फस्टाउने वातावरण बनाउने कार्यमा समितिले परिणामदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए। त्यसका लागि समितिले महत्वपूर्ण इस्यूहरूमा सरोकारवाला निकायहरूसँग समेत सल्लाह–सुझाव लिई सरकारमा लवी गर्न सुझाव दिए। 

विशेषगरी मुलुकभित्र व्यापार व्यवसायलाई सहज बनाउन देखापरेका विभिन्न कठिनाइमध्ये अनुगमनको समस्या, फेयर ट्रेडको अभ्यास, व्यवसाय लागत कटौतीलगायतमा समितिले आफूलाई विशेष रुपमा केन्द्रीत गरी कार्य गर्न पनि गोल्छाले अनुरोध गरे। 

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालको परम्पराकाल देखिनै व्यापारव्यवसायको भूमिका माथि प्रकाश पार्दै नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सरल बनाउन समितिको विशेष भूमिकाको खाँचो औँल्याए। 

यसैगरी महासंघको कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेकोे सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार भएको छ। फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने चयन भएका छन्। 

फोरमका सदस्यहरूमा कृष्ण पौडेल, सञ्जय निरला, सञ्जय देवकोटा, मोहम्मद जुनैद, मन गुरुङ, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थीरमणि पौडेल र सुवर्ण श्रेष्ठ रहेका छन्। फोरमका सल्लाहकारहरूमा किरणकिशोर घिमिरे, रोहन गुरुङ, सुजितकुमार श्रेष्ठ, नवराज केसी र नरेन्द्र ढकाल छन्। 

अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मूल्यांकन गरी महासंघले पहिलोपटक वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी वैदेशिक रोजगार फोरम गठन गरेको बताए। ‘वार्षिक करिब ९ खर्खको हाराहारीमा भित्रिने व्रिपेषणले मुलुकको अर्थतन्त्रमा निकै ठूलो योगदान पुर्याएको छ’, उनले भने, ‘अहिले पनि हामीले दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलवमा अनेकन समस्याहरू झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू बाध्य छन्।’

यो क्षेत्रलाई अझ बढी व्यवस्थित बनाउन, दक्ष जनशक्ति विकास तथा समस्यामा रहेका नेपालीलाई सकेको सहयोग गर्न समेत केही योगदान पुर्याउन सकियोस भनेर महासंघले फोरम गठन गरेकाले फोरमले वैदेशिक रोजगारीका समग्र इस्यूहरूमा परिणामदायी रूपमा काम गर्न गोल्छाले सुझाव दिए।