काठमाण्डौ । माछापुच्छ्रे बैंकले दुबईमा रहेका नेपालीमाझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुबईस्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यावसायिक सम्झौता गरेको छ। 

सम्झौतापत्रमा सरफ एक्सचेन्जका तर्फबाट महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रे बैंकका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात अब दुबईमा रहेका नेपालीले सरफ एक्सचेन्जका सम्पूर्ण शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका देशभर रहेका सम्पूर्ण शाखा तथा ७ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिल्यै भुक्तानी लिन सकिने छ। 

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले देशभर १६० वटा शाखा, १५६ शाखारहित बैंकिङ सेवा र ५ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा ३२१ स्थानमा रहेका सेवा सञ्जाल तथा १९७ वटा एटीएम तथा करिब २ हजारभन्दा बढी पीओएसमार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ।