काठमाण्डा। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ। बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो। 

प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मुल्य सबै क्यूआर कोडमार्पmत भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरेका हुन्। सिन्धुली  क्षेत्रमा चल्ने ७४ वटा टेम्पू (तीनपांग्रे सवारी) तथा ३४ वटा अन्य विभिन्न ब्यापारीलाई क्यूआर कोड वितरण गरीयो। 

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, कार्यकारी निर्देशक भूवन कडेँल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय जनकपुरका प्रमुख निर्देशक दुर्गेश गोपाल श्रेष्ठ, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नायव प्रमुख कार्यकारी अधिकृत सुनील कुमार पोखरेल, डिपोजिट तथा ट्रान्जेक्सन बैकिंग प्रमुख भोला बहादूर विष्ट, बागमति प्रदेशका प्रमुख सुरज दाहाल, कमलामाई नगरपालिका मेयर खड्ग खत्री, उवासंघ सिन्धुलीेका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, टेम्पू यातायात व्यवसायीहरुलगायत सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो। 

कार्यक्रममा गभर्नर अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउनमात्र नभई नोट छपाइ गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य भएको बताए। साथै, नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्नेमा उनले जोड दिए। 

सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेलले आफ्नो स्वागत मन्तव्यमा क्युआर कोड प्रविधिको प्रक्रिया तथा प्रभावकारिता बारेमा प्रस्ट्याएका थिए। 

बैंकले आफ्ना ग्राहकलाई क्यूआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै यातायातका अन्य माध्यमहरुमा पनि क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बता। 

करिब पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टरमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब रु. ७८ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ७१ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।