काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको रु. ४ अर्बको ऋणपत्रमा आवेदन दिने आज फागुन २ गते अन्तिम दिन रहेको छ।

धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार आज दिउँसो बैंकिङ समयसम्म यो ऋणपत्र आवेदन दिन सकिनेछ। बैंक गत माघ १६ गतेदेखि ‘नेपाल इन्भेस्टमन्ट बैंक बन्ड–२०८४’ नामक ऋणपत्र निष्कासन गरेको छ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० इकाइ ऋण निष्कासन गरेको छ। जसमा २४ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ र बाँकी १६ लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताहरुले न्यूनतम २५ इकाइदेखि अधिकतममा २ लाख ५० हजार इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्रमा सि–आस्बाका माध्यमबाट आवेदन दिन सकिन्छ। 

सातवर्षे अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुने बताइएको छ।