काठमाण्डौ। सेञ्चुरी कमर्सियल बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा आज बुधबारबाट शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। 

उक्त शाखारहित बैंकिङ सेवाको शुभारम्भ एक कार्यक्रमका बीच मार्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार जैसवालले गरेका छन्। यस सेवाबाट बगौलीलगायतका क्षेत्रका जनताले आधुनिक बैंकिङ सेवा उपयोग गरी उनीहरुको आर्थिक समृद्धिमा समेत लाभ पुग्ने जैसवालले बताए। 

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।