काठमाण्डौ । कोरोना महामारीका कारण सन् २०२० मा लगानीकर्ताहरुको भुक्तानी १२.२ प्रतिशत अर्थात १.२६ ट्रिलियन डलरले घट्दा विश्वव्यापी रुपमा कम्पनीहरुको लाभांश वितरणमा भारी गिरावट आएको छ। 

एसेट म्यानेजर ज्यानुस हेन्डरसनको ताजा विश्वप्यापी डिभिडेन्स इन्डेक्सले यस्तो देखाएको हो। इन्डेक्सका अनुसार विश्वभर कोरोना महामारीका कारण स्वास्थय संकट फैलिएर लगाइएको लकडाउनका कारण अवरुद्ध भएको व्यापारव्यवसायका विश्वभरका कम्पनीहरुले सन् २०२० को दोस्रो र चौथो त्रैमासको बीचमा करिब २२० बिलियन डलरबराबरको लाभांश कटौती तथा रद्द गरेका थिए। यद्यपि अप्रिलदेखि डिसेम्बर महिनाको बीचमा कम्पनीहरुले विश्वव्यापी रुपमा ९५६.२ बिलियन डलरबरारबको लाभांश वितरण गरेका थिए। 

रिपार्टमा सन् २०२० सुरु हुनभन्दा अघि बजार पुँजीकरणका आधारमा विश्वका १ हजार २०० ठूला कम्पनीको लाभांश विश्लेषण गरिएको थियो। 

अनुसन्धानमा युरोप र बेलायतमा सबैभन्दा धेरै लाभांश कटौती गरिएको देखिएको छ। युरोप र बेलायतको कटौती रकम विश्वव्यापी रुपमा कटौती गरिएकोभन्दा ५० प्रतिशतभन्दा धेरै रहेको छ। 

अमेरिकामा भने सन् २०२० मा लाभांश वितरणमा २.६ प्रतिशतको वृद्धि भएको छ। यस्तै सन् २०२० मा अस्ट्रेलियाका कम्पनीहरु पनि सबैभन्दा धेरै प्रभावित भए। तर चीन, हङकङ, स्विट्जरल्यान्ड र क्यानडाका कम्पनीहरुले भने राम्रो प्रदर्शन गर्न सफल रहेका छन्। – एजेन्सी