काठमाण्डौ। नेपाली ई–कमर्स कम्पनी ‘स्मार्टडोको’ ले भर्खरै आईएमएस ग्रुपको लगानीपछि ४.५ अंकसहित नेपालमा उच्च मूल्यांकन ई–कमर्स एपको मान्यता प्राप्त गर्न सफल भएको छ।

स्मार्टडोको एक अनलाइन सपिङ गन्तव्य हो। जसमा विभिन्न थरीका सामान ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ। 

स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिनाअघि पुनः सुरु गरेको थियो। स्मार्टडोकोसँग अहिले १० हजारभन्दा बढी सामान रहेका छन्। यसले हरेक दिन आकर्षक बिक्री र आश्चर्यजनक कारोबार गर्ने गर्दछ। 

ग्राहकहरुले पाउने थप सुविधाहरु यस्ता रहेका छन् :

– रिङरोडभित्र निःशुल्क डेलिभरी

– हरेक खरिदमा रिवार्ड पोइन्ट

– भारी छुट र छुट कुपनहरू

– सजिलै रिटर्न गर्न सकिनेछ 

– भुक्तानी विकल्प (नगद/कार्ड/सेलपे/ई–सेवा/मास्टरकार्ड)

आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मलहोत्राले छोटो समयावधिमै स्मार्ट डोकोलाई नेपालमा सबैभन्दा उच्च मूल्यांकन गरिएको ई–कमर्शका रुपमा स्थापित गर्न निरन्तर माया र साथ प्रदान गरेकामा ग्राहकहरु तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरका छन्। ‘स्मार्टडोको रिलन्च सोचे जस्तो नभएता पनि हामीले उत्तम सेवा दिने प्रयास गर्यौं। अन्तमा हामी दुबै प्ले–स्टोर र एप्–स्टोरमा उच्च रेटिङ ई–कमर्स एप हुन सफल भयौँ’, उनले भने, ‘हाम्रा लागि ग्राहक सन्तुष्टि अत्यन्त महत्वपूर्ण रहेकोे छ र हामीले हाम्रा ग्राहकलाई सधैँ उत्कृष्ट सेवा प्रदान गर्ने प्रयत्न गरेका छौं। स्मार्टडोकोलाई सकारात्मक प्रतिक्रिया र उच्च मूल्यांकन गरिएकोमा हामी सही दिशातर्फ छौं भन्ने हामीलाई लाग्दछ तर हाम्रो गन्तव्य अझै टाढा छ।’

उत्कृष्ट सामान, मूल्य तथा कारोबार एवं उत्साहजनक अभियानमार्फत ग्राहकको सन्तुष्टि प्रदान गर्न र अपेक्षा बढाउन आफूहरु केन्द्रित रहेको मलहोत्राले बताए। ‘सबैभन्दा महत्वूर्ण कुरा, हाम्रा ग्राहकलाई नेपालमा सबैभन्दा बढी सुविधाजनक अनलाइन शपिंगको अनुभव दिन प्रयास गराउनेछौँ’, उनले भने।