काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसपछि राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्। 

गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। तर फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको फैसला गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो।

सर्वोच्चको आदेशअनुसार १३ दिनभित्रै प्रतिनिधिसभा अधिवेशन बोलाइएको हो।