काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आजबाट काठमाण्डौको कीर्तिपुर (पांगा दोबाटो) मा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा गरिएको छ। 

उद्घाटन समारोहमा मह जोडीले कीर्तिपुरमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे। 

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। 

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।