काठमाण्डौ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले विधिवत सेवा शुभारम्भको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल स्नेही काखलाई रु. ३ लाख सहयोग गरेको छ।
उक्त सहयोग रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल स्नेही काखका नेहा पोखरेललाई हस्तान्तरण गरे। उक्त आवसरमा बैंकका नायब कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे, नायब महाप्रबन्धक सूर्यबहादुर तामाङलगायतको उपस्थिति थियोे।
मानसिक एवं शारिरिक रुपमा असक्त एवं समाजबाट अवहेलानामा परेका बालबालिका, युवा युवती, वृद्धवृद्धालगायतलाई शिक्षा, स्वास्थ्य, आवाससहित हेरचाह गर्ने उद्देश्य लिई स्थापना भएको नेपाल स्नेही काखमा हाल ६५ जनाले आश्रय लिइरहेका छन्।
बैंकले प्रदान गरेको यो रकम उक्त संस्थाले बनाउन लागेको नयाँ आश्रयस्थलको पूर्वाधार निर्माणमा खर्च हुुनेछ।
19 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago