काठमाण्डौ । भर्चुअल करेन्सी बिटक्वाइनको मूल्य २ महिनाको अन्तरालमा दुईगुणा नै बढेर ६० हजार अमेरिकी डलर पुगेको छ।

गत जनवरीमा २८ हजार ९८७.६० डलरमा कारोबार भएको बिटक्वाइन मार्चसम्म आइपुग्दा ६० हजार डलर भएको छ। हाल बिटक्वाइनको पुँजी १ ट्रिलन रहेको छ। 

गत फेब्रुअरीमा टेस्ला कम्पनीका मालिक एलन मस्कले बिटक्वाइनको पुँजी बढेर १.५ ट्रिलन डलर हुने बताएसँगै लगानीकर्ता आकर्षित भएका हुन्। 

हाल अमेरिकामा बिट्क्वाइनले पहेँलो धातुलाई प्रतिस्थापन गरेको तथा मुद्रास्फीति बढ्ने चिन्ता गरिएको छ। केही आलोचकहरुले राष्ट्रपति जो बाइडनले ल्याएको १.९ ट्रिलयनको राहात प्यकोजले समेत मुद्रास्फीति बढ्ने चिन्ता व्यक्त गरेका छन्। 

सन् २०२१ मा बिट्क्वाइनको मूल्यमात्रै होइन लिटक्वाइनलगायत अन्य डिजिटल मुद्राको पनि मूल्य बढेको छ। हाल लिटक्वाइनको मूल्य २०५.२० डलर रहेको छ भने छिट्टै १० हजार डलर पुग्ने अनुमान गरिएको छ। – एजेन्सी