काठमाण्डौ । लग्जरी कार निर्माता दिग्गज जर्मन कम्पनी बीएमडब्ल्यूले पहिलोपटक फुल इलेक्ट्रिक कार सार्वजनिक गरेको छ। 

कम्पनीले आई फोर नामक इलेक्ट्रिक कार सार्वजनिक गरेको हो। यो कार छिटै बजारमा ल्याइने कम्पनीले जनाएको छ। 

बीएमडब्ल्यूले सन् २०२५ सम्म २५ वटा इलेक्ट्रिफाइड कारहरु ल्याउने योजना बनाएको छ। जसमा कम्पनीले फोर डोरवाला नयाँ मोडलको पहिलो तस्बिर पनि सार्वजनिक छ। 

कस्टमर, ब्रान्ड तथा सेल्सतर्फ बीएडब्ल्यू एजीको बोर्ड अफ म्यानेजमेन्टका सदस्य पिटर नोटले स्पोर्टी लुक्स, क्साल ड्राइभिङ डायनामिक्समा सर्वश्रेष्ठ र जिरो लोकल उत्सर्जनका साथ बीएमडब्ल्यू आई फोर एउटा वास्तविक बीएमडब्ल्यू रहेको बताए। ‘यो अब एक किसिमले बीएमडब्ल्यू ब्रान्डको शान बनिसकेको छ’, उनले भने। – एजेन्सी