काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

एचआईडीसीएलले सतप्रतिशत हकप्रद निष्कासनको अनुमति माग्दै गत चैत १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर प्रक्रिया अगाडि बढाएको हो। 

कम्पनीले १ः१ को अनुपातमा कुल ११ अर्ब रुपैयाँबराबरको हकप्रद निष्कासनको तयारी गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद निष्कासन गर्नेछ।

कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।