काठमाण्डौ । नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ८७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ९५० रुपैयाँ कायम भएको छ। 

गत साता अन्ति कारोबार दिन शुक्रबार सुनको भाउ तोलामै ९०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको भाउ पनि आज स्थिर रहँदै तोलाको १ हजार २४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामै ३० रुपैयाँ बढेर चाँदी १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।