काठमाण्डौ । लोकसेवा आयोगले बुधबार विभिन्न पदमा ४०० बढी कर्मचारीका लागि आवेदन खुलाएको छ। 

आयोगले राजपत्रअनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरेको हो। योग्य उम्मेदवारले आयोगका कार्यालयहरू काठमाण्डौ, हेटौंडा, धनकुटा, इलाम, खोटाङ, जलेश्वर, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले माग गरेका विभिन्न पदमा अनलाइनमार्फत आवेदन दिनुपर्नेछ। 

यी पदमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन पाउनेछन्। 

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।