काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग भोलि मंगलबार छलफल गर्ने भएका छन्।
बैंकिङ प्रणालीमा तरलता टाइट हुँदै गएको अवस्था र योसँगै कोरोनाको दोस्रो लहर सुरु भएको अवस्थाबाट उत्पन्न नयाँ परिस्थितिका विषयमा छलफल गर्न सीईओहरुलाई डाकिएको हो। राष्ट्र बैंकले सीईओहरुलाई पठाएको पत्रमा समसामयिक विषयमा छलफल गर्ने भन्दै भोलि दिउँसो १ बजेदेखि ३ बजेसम्म जुम मिटिङमा उपस्थित हुन भनिएको छ।
सरकारले बजेट निर्माण गरिरहेको अवस्था र सोलगत्तै मौद्रिक नीतिसमेत तयार गर्नुपर्ने हुनाले भोलिको छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ।
यस्तै चालु आर्थिक वर्षको तेस्रो त्रैमास सकिने एक दिनअघि डाकिएको छलफलबाट चालु आर्थिक वर्षका लागि तय भएको मौद्रिक नीतिका कतिपय व्यवस्थामा परिमार्जन हुन सक्ने सम्भावना रहेकोसमेत राष्ट्र बैंक स्रोत बताउँछ। त्यसैको फिडब्याक लिनका लागि सीईओहरुसँग छलफल गर्न गर्भनर अधिकारीले छलफल गर्न लागेका हुन्।
19 minutes ago
36 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago