काठमाण्डौ । उपत्यकाबाहिर गण्डकी प्रदेशमा पहिलोपटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत रुपमा सञ्चालनमा आएको छ। 

पोखरा र गण्डकी प्रदेशका बिरामीलाई सहज र सुलभ गुणस्तरीय र सस्तो हिसाबले विभिन्न रोगहरु पत्ता लगाउन विगत ३ वर्षदेखि स्थापित पोखरा एमआरआई डाइग्नोस्टिक सेन्टरले यो सीटी स्क्यान सेवाको प्रारम्भ गरेको हो। यो सिटी स्क्यान गण्डकी प्रदेशकै ठूलो सिटी स्क्यान हो। 

विशेषगरी मुटु, मस्तिष्क फोक्सो, पेट र हात खुट्टाको रगतको नशाहरुलगायत शरीरका विभिन्न अंगहरुको क्यान्सर र बच्चाहरुका लागि कम विकिरण दिएर सीटी स्क्यान गर्ने सुविधा रहेको छ। यस सीटी स्क्यानको सुविधा २४ घन्टा नै उपलब्ध रहने बताइएको छ। 

मुटुको रगत नशाको जाँच कोरोनरी एनजियोग्राफी गर्न काठमाण्डौसम्म जान नपर्ने पोखराका वरिष्ठ डाक्टरहरुद्वारा सञ्चालित यस सेन्टरमा विगत ३ वर्षदेखि १.५ टेस्लाको एमआरआई मेमोग्राफी, युएसजी, गाइडेड बायोप्सीको सुविधा उपलब्ध हुँदै आइरहेको थियो। यस डाइग्नोस्टिक सेन्टरले आईएसओ गुणस्तरका लागि प्रक्रियामा रहेको समेत जनाएको छ।