काठमाण्डौ । सरकारले सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिए पनि पूर्वनिर्धारित परीक्षाहरु पनि नरोक्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको सोमबार बिहान बसेको बैठकले कोभिडसम्बनधी आदेश जारी गर्दै पूर्वनिर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको हो। पूर्वनिर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर तोकिएकै मितिमा सञ्चालन गरिने सरकारले निर्णय गरेको छ। 

कोरोना संक्रमण बढ्न थालेको भन्दै मन्त्रिपरिषदको बैठकले सहरी क्षेत्रका शैक्षिक संस्थाहरु वैशाख महिनाभर बन्द गर्ने र अनलाइनलगायत वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु राख्ने निर्णय गरेको थियो।