काठमाण्डौ । विश्व बजारमा तहल्का पिटिरहेको बिटक्वाइन नास्डकमा सूचीकृत भएसँगै मूल्यमा निकै उतारचढाव देखिएको छ। यो सातामात्रै बिटक्वाइनको मूल्य २० प्रतिशतले आरालो लागेको छ।  

बिटक्वाइन बजार जानकारहरुका अनुसार यो नास्डकमा सूचीकृत भएपछि बजारमा उच्च मूल्य छोएको थियो। गत अप्रिल १५ मा ६३ हजार ३८१ अमेरिकी डलर पुगेको थियो। 

गत साता बिटक्वाइन नास्डकमा सूचीकृत भएको थियो। सूचीकृत भएको केही दिनमै यसको मूल्य घटेर आइतबार ५१ हजार ९०७ डलरमा झरेको थियो। आज सोमबारको फेरि मूल्य उकालो लाग्दै ५६ हजार ९५० डलर पुगेको छ। 

टर्कीलगायतका देशले प्रतिबन्ध लगाउनु र चीनमा कोइलाखानीमा भएको दुर्घटनालगायतका कारणले  बिटक्वाइनको मूल्यमा गिरावट आएको बताइएको छ। एक तथ्यांकअनुसार बिटक्वाइनमा संसारबाट लगानी गर्नेहरुमा ६० प्रतिशत चीनका छन्। तीमध्ये पनि सिन्जाङ सहरबाट मात्रै २१ प्रतिशत लगानीको योगदान रहेको छ।

बजार जानकारहरुले अहिलेको गिरावटलाई सामान्य रहेको र बियरिस भन्न नमिल्ने पनि बताएका छन्। केही समय पहिला बिटक्वाइनको मूल्य विश्व बजारमा ९० हजार डलरसम्म पुग्ने चर्चा थियो। – एजेन्सी