काठमाण्डौ । लगातार उकालो लागेको बिटक्वाइनको मूल्य आज ५० हजार अमेरिकी डलरभन्दा तल ओर्लेको छ। 

आज बिटक्वाइनको मूल्य ६.४६ प्रतिशतले घटेर ४७ हजार ६५९ अमेरिकी डलरभन्दा तल आएको छ। योसँगै बिटक्वाइनको मूल्य २ सातामै २६ प्रतिशतले झरेको छ। 

यअसघि बिटक्वाइनको मूल्य ६४ हजार ८२९ डलरसम्म पुगेको थियो। जुन हालसम्मकै उच्च हो। 

गत साता टर्कीलगायतका देशले प्रतिबन्ध लगाएपछि घट्न सुरु गरेका बिटक्वाइनको मूल्य चीनको कोइला खानीमा भएको दुर्घटनापछि थप घटेको हो। विश्वमा चीनबाट मात्रै ६० प्रतिशतले बिटक्वाइनमा लगानी गरेको पाइन्छ। 

हाल अमेरिकी राष्ट्रपति जो बाइडनले डिजिटल मुद्रामा दोहोरो कर लगाउन सक्ने समाचार आएपछि पनि यसको मूल्य थप घटेको हो। बिटक्वाइन करको विषयमा निकै संवेदनशील भएको मानिन्छ। 

अमेरिकास्थित वरिष्ठ अधिकारीहरुले बिटक्वाइनको मूल्य आउने हप्ताको अन्त्यसम्म ४२ हजारभन्दा तल अउने प्रक्षेपण गरेका छन्। – एजेन्सी