काठमाण्डौ। सरकारले ट्रान्जिटमा नेपाल आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न प्रयोशालाहरुलाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै ट्रान्जिटमा नेपाल आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न निर्देशन दिएको हो। ‘नेपाललाई ट्रन्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षणमात्रै गर्ने गरी आएक कुनै पनि विदेशी नागरिकको कोभिड परीक्षण नगरिदिन हुन सबै प्रयोगशालालाई निर्देशन गरिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमले निरुत्साहित गर्दै बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको देखिएको छ।’

कोरोनाको परीक्षण गर्दा नेपाली नागरिक, कूटनीतिक निकाय, मिसनका कर्मचारी तथा उनीहरुको परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै कोरोना परीक्षण गर्न सरकारले प्रयोगशालाहरुलाई निर्देशन दिइएको छ।

मन्त्रालयको निर्देशनविपरीत कुनै पनि प्रयोगशाला वा व्यक्तिले परीक्षण गर्ने गराउने गरेको पाइएमा नियमानुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ।