काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको वार्षिक साधारणसभा स्थगित गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले २३ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ। यसअघि सञ्चालक समितिले वार्षिक साधारणसभा यही वैशाख २१ गते डोकेको थियो।

कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय काठमाण्डौ यही वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरेका कारण वार्षिक साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीले यही वैशाख ५ गतेसम्म कायम सेयरको सभामा भाग लिन र मतदान गर्नसक्ने अधिकार यथावत राखी अर्को निर्णय र सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारणसभा स्थगित गरिएको जनाएको छ।