काठमाण्डौ । कोरोनाको दोस्रो लहरबाट उत्पन्न विषम परिस्थितिमा सेवाग्राहीलाई पर्न सक्ने समस्या र जिज्ञासाको सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले सम्पर्क व्यक्तिहरु तोकेको छ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुमा गई प्रत्यक्ष रुपमा सेवा लिने कार्य प्रभावित भएको छ। त्यसैले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन तथा सर्वसाधारणको जिज्ञासाको जबाफ दिन, सुझाव लिन तथा सेवाग्राहीलाई परेको समस्या सम्बोधन गर्न केन्द्रीय बैंकले सम्पर्क व्यक्तिहरु तोकेको हो।
राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स), विदेशी मुद्रा सटही, टीटी, प्रतीतपत्र (एलसी) तथा विदेशी विनिमय कारोबारसम्बन्धी सम्पूर्ण विषयहरुका सम्बन्धमा गुरुप्रसाद मैनालीलाई सम्पर्क व्यक्ति तोकेको छ। मैनाली राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक हुन्। उनको सम्पर्क नम्बर ९८५१०२४८५३ रहेको छ।
यसैगरी बैंकमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको साँवाब्याज तिर्नेलगायत बैंकिङ कारोबारसम्बन्धी सम्पूर्ण विषयहरुका सम्बन्धमा किरण पण्डितलाई राष्ट्रले बैंकले सम्पर्क व्यक्ति तोकेको छ। पण्डित राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशन हुन्। उनको सम्पर्क नम्बर ९८५१०९७३४६ रहेको छ।
यस्तै मोबाइल/इन्टरनेट बैंकिङ, डेबिट कार्ड तथा क्रेडिट कार्डको प्रयोग, एटीएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल बैंकिङ कारोबारका सम्बन्धमा निश्चल अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ। अधिकारी भुक्तानी प्रणाली विभागका निर्देशक हुन्। उनको सम्पर्क नम्बर ९८५१०१७६२३ रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago