काठमाण्डौ । नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आज आईसीयूबाट वार्डमा सारिएको छ। 

कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहको गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। आईसीयूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि उनलाई वार्डमा सारिएको हो। उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ। 

नर्भिकमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ।