काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ करोड ४५ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ६०.२१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३० करोड २४ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ०.२५ प्रतिशतले घटेर ३ करोड ६१ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो आय ३ करोड ६२ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिमा कम्पनीको दाबी भुक्तानी १९.१० प्रतिशतले घटेर १६ करोड ४५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी २० करोड ३४ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च १.२२ प्रतिशत घटेर १२ करोड ९१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १३ करोड ७ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले बीमा कोषको आकार बढाएर ६० करोड ५ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषमा ५१ करोड २७ लाख रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्षको यही अवधिसम्म २२ करोड ९० लाख रुपैयाँको जगेडा तथा कोषको आकार बढेर २६ करोड १४ लाख रुपैयाँको उचाइमा पुगेको छ। त्यस्तै महाविपत्ति जगेडाको आकार ४ करोड ६३ लाख रुपैयाँबाट बढेर ५ करोड ४६ लाख रुपैयाँमा सीमित बनेको छ। 

तेस्रो त्रैमासमा कम्पनीको नाफा ४०.५० प्रतिशतले बढेर १२ करोड ७३ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा ९ करोड ६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको जारी नयाँ बीमालेखको संख्या १ लाख २७ हजार ४७६ पुगेको छ। गत वर्ष यही अवधिमा यो संख्या ८९ हजार ५४ रहेको थियो।

चुक्तापुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.५४ रुपैयाँ रहेको छ। पीई रेसियो ४९.८९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.३० रुपैयाँ रहेको छ।